तोकिएको भन्दा बढी शूल्कमा ग्यास खरिद नगर्न निगमको आग्रह

फाल्गुण २४, काठमाडौं । नेपाल आयाल निगमले एलपी ग्यासको अभाव नरहेको जनाएको छ । ग्यास अभाव भएको भन्ने अनावश्यक हल्ला चलेको भन्दै त्यसका पछि नलाग्न निगमले आग्रह गरेको छ । बजारको माग अनुसार नै ग्यास आपूर्ति भइरहेको भन्दै अनावश्यक रुपमा नयाँ सिलिन्डर नकिन्न पनि निगमले आज एक विज्ञप्ती जारी गर्दैै आग्रह गरेको छ ।

मासिक ३८ हजार मेट्रिक टन माग रहेकोमा बजारको बढ्दो मागलाई संबोधन गर्दै यो महिनाबाट बढाएर मासिक ४५ हजार मेट्रिक टन आपूर्ति भइरहेकाले अभाव नहुने निगमको विश्वास छ । कोरोना भाइसको संक्रमणको आशंकामा जनजिवन प्रभावित हुन थालेपछि दैनिक उपभोग्य बस्तुको अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा धेरै खरिद् गर्न थालेपछि निगमले विज्ञप्ती जारी गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply