‘महिलाहरूमा चेतना जागरणको जरुरत छ’ : नेता अर्जुन नरसिंह केसी

फाल्गुण २५, काठमाण्डौ । नेपाली कांग्रेसमा नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले महिलाहरूमा चेतना जागरणको जरुरत भएको बताएका छन् । ११० औं अन्तराष्टिय नारी दिवसको अवसरमा उनले शुभकामना दिँदै अन्तर्राष्ट्रिय नारी दिवस, ८ मार्च, महिला अधिकारको लागि आन्दोलनको केन्द्रविन्दु र इतिहासको स्मारक भएको बताएका हुन् । आज नेपालमा संवैधानिक रुपमा नै महिलालाई सबै निकायमा कम्तिमा ३३ प्रतिशत सहभागिता, पैत्रिक सम्पत्ति र प्रजनन स्वास्थ्यसम्बन्धी हक, निजामति सेवामा आरक्षण, सुरक्षा अंगमा नीतिगत व्यवस्थापनका साथ भर्ती, एकल महिला सुरक्षा सहायता, पारिश्रमिक आयमा छुट, आयकरमा छुट, उद्योग दर्तामा छुट, घरजग्गा रजिस्ट्रेसन दस्तुरमा छुट, उद्यमशीलता विकास, आमा सुरक्षा कार्यक्रम जस्ता महिला विकास र हकजन्य राष्ट्रिय नीति, कार्यक्रम र कानुनी अभियानहरू सञ्चालित भएको भन्दे उनले थपे–‘यसको अधिकतम सदुपयोगको निम्ति महिलाहरूमा चेतना जागरणको जरुरत छ ।

लोकतन्त्र सबै को साझा चौतारी हो । २००७ को क्रान्ति,राणा निरंकुश साशनको पतन र प्रजातन्त्र को उदय पछिनै जनता को सर्वोच्चता ,मौलीक अधिकारको स्थापना र महिला अधिकार वृद्धि हुँदै आज को उपलब्धि हासिल भएकोछ ।’ निरन्तर सतर्कता र संघर्ष ले मात्र अधिकार जोगिनसक्छ । केवल सहरि तथा शिक्षित मात्र होइन ग्रामीण, दुर्गम र दुरदराजका महिलाको अवस्था र पीडा सम्बोधन को आवश्यकता भएको उल्लेख बताएका छन् । अन्तराष्ट्रिय नारी दिवस को सन्देश केवल शिक्षित सहरी क्षेत्रमा मात्र होइन आम ग्रामिण दिदीबहनीहरुमा समेत नवजागरणर सशक्तिकरण को ऊर्जा बनाउनु आवश्यक रहेको उनको भनाई छ ।

संम्बन्धित समचार

Leave a Reply