चालु आर्थिक वर्षमा हजार मेगावाट विद्युत् थपिँदै

फाल्गुण २६, काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७८।७९ मेगावाट विद्युत् उत्पादन सुरु भई राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म २२ मेगावाटको तल्लो हेवा खोला, ९ सय ९७ किलोवाटको तल्लो छोटे खोला, ९।९ मेगावाटको इवा खोला, ७ मेगावाटको माथिल्लो मार्दी, ८ मेगावाटको माथिल्लो नौगढ गाड, २५ मेगावाटको कोबली बी एक राष्ट्रिय प्रसारणलाइनमा जोडिसकिएको छ ।

यस्तै ९ सय ९६ किलोवाटको जियलिगाड र ४।८ मेगावाटको पदम खोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । ८।८ मेगावाटको रुदीखोला जलविद्युत् आयोजना र ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाटको कुलेखानी तेस्रो पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

कुन कुन आयोजना सम्पन्न हुँदैछन्
निर्माणमा ढिलाइ भए पनि ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट चालु आर्थिक वर्षमा व्यावसायिक उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तोकिएको समयमा यो आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने बताए ।

यस्तै १ सय ११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको मिस्त्री खोला, ४२।५ मेगावाटको सान्जेन, ३० मेगावाटको ङ्यादी, २७ मेगावाटको दोर्दी खोला आयोजनाले चालु आर्थिक वर्षभित्र व्यावसायिक विद्युत् उत्पादन गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै २५र२५ मेगावाटको सिंगटी खोला र माथिल्लो दोर्दी ए, १४।८ मेगावाटको माथिल्लो सान्जेनसहित अन्य २४ जलविद्युत् आयोजनाको समेत गरी करिब ९ सय मेगावाट यसै आर्थिक वर्षभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्राधिकरणले जनाएको छ ।

तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकेका आयोजना
एक दर्जन जलविद्युत् आयोजनाले तोकेको समयमा विद्युत् उत्पादन गर्न सकेका छैनन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका १२ वटा आयोजनाले तोकेको समयमा विद्युत् उत्पादन गर्न नसकेका हुन् ।

तोकिएको समयसम्म विद्युत् उत्पादन गर्न नसक्ने आयोजनामा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित ११ मेगावाटको तल्लो खहरे, ६।६० मेगावाटको रुदी बी, ५ मेगावाटको घट्टे खोला र खलेम्दी खोला, ४।८० मेगावाटको पदम खोला, ४।५० मेगावाटको विजयपुर–२ खोला, ३ मेगावाटको माथिल्लो रुवाले तोकेको समयमा विद्युत् उत्पादन गर्न सकेको छैनन् । बाह्रखरी

संम्बन्धित समचार

Leave a Reply