जिल्ला प्रहरी कार्यालय धादिङद्धारा अवैध घरेलु मदिरा नष्ट

फाल्गुण २७, धादिङ । धादिङमा समुदाय प्रहरी सेवा प्रभावकारी देखिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा नियन्त्रण अभियानको क्रममा फाल्गुण २३ गते देखि २७ गते आजसम्म नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशी स्थितमा प्रहरी टोलीले होटल तथा भट्टी पसलहरुबाट बरामद भएको करिव ४०० लिटर अबैध घरेलु मदिरा र ३०० लिटर कच्चा पदार्थ बरामद गरेको थियो ।

उक्त बरामद आज २७ गते जनप्रतिनीधि‚ सुरक्षाकर्मी र संचारकर्मीहरु लगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय धादिङको परिसर भित्र रहेको खाल्टोमा पोखी नष्ट गरिएको जिलला प्रहरी कार्यालय धादिङले जनाएको छ । यो अभियान निरन्तर अगाडी बढीरहने प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply