एनआइसी एसिया रेमिटबाट नि:शुल्क पैसा पठाउन सकिने

फाल्गुण २९, काठमाडौं । एनआइसी एसिया बैंकले एनआइसी एसिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत एनआइसी एसिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउन्टरबाट नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ ।
उक्त योजनाअनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैंकिङ इकाइ एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरलरुपमा भुक्तानी पाउन सिकने बैंकले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply