कोरोना प्रभाव शैक्षिक क्षेत्रमा : एसइइ रोक्ने बिषयमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलको असहमती !

चैत्र २, काठमाण्डौ । कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसइइ परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ । कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नु पर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अविभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरू भनाई रहेको छ ।

परीक्षा रोक्ने , विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यतावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसइइ रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन हुनुपर्ने बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरूलाई त्रास फैलाएर एसइइ परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिए । मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले पनि वर्तमान परिस्थितिको आँकलन गरेर परीक्षा रोक्ने सुझाव नदिएको भन्दै उहाँले परीक्षा नरोकिने प्रष्ट पारे ।

मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले दिने सुझावको आधारमा शिक्षा मन्त्रालय अगाडि बढ्छ । उनले उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको समितिले अन्तिम निर्णय गर्ने जानकारी दिदै अन्यत्र खुला गरेर परीक्षा रोक्दा विद्यार्थी र अविभावकमा नकारात्मक असर पर्ने बताए । सरकारले पनि कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति बनाएको छ मन्त्री पोखरेलले भने “त्यसमा पनि आवस्यक छलफल भइरहेकाछन् , तर सरकार परीक्षा रोक्नुपर्छ भन्ने पक्षमा छैन ।”
१० वर्ष मुनिको बालबालिकामा संक्रमण नभएको , ४० वर्ष माथि उमेरकालाई देखिएको, ज्येष्ठ नागरिक, दीर्घरोगीहरूमामात्र कोरोना संक्रमण देखिएको आधारमा पनि परीक्षा हुने मन्त्री पोखरेलको भनाई छ ।
उनले प्लान ए र प्लान बी बनाएर सरकारले काम गरीरहको जानकारी दिदै प्लान ए अनुसार नै शिक्षा विज्ञान प्रविधि मन्त्रालयले अहिले रणनीति बनाएरै काम काम गरीरहेको बताए । सचेतना फैलाउने काम शिक्षा मन्त्रालयले गर्ने भन्दै ६० लाख विद्यार्थी लाई कोरोना बारे ठीक ढंगले बुझाउनुपर्ने अवस्था हुनसक्छ भने ।

संम्बन्धित समचार

Leave a Reply