भरतपुरमा ७२ घण्टामै बन्यो कोरोना विशेष अस्पताल

चैत्र ६, काठमाडौं । कोरोना संक्रमितको उपचार गर्न चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनाइएको छ । भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको हो ।

अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ । जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply