कोरोनाको संक्रमण बढ्दै : १८ हजारको मृत्यु, ४ लाखभन्दा बढी संक्रमित

चैत्र १२, काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४ लाख नाघेको छ काठमाडौँ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट संक्रमितको संख्या ४ लाख १८ हजार ३५५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ६११ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ठिक हुनेको संख्या एक लाख ८ हजार ३२३ पुगेको छ ।
अहिलेसम्म धेरै मृत्यु हुने देशको अवस्था
इटाली : इटालीमा अहिलेसम ६ हजार ८२० जनाको मृत्यु भएको छ । इटालीको पछिल्लो अपडेट अनुसार २४ घण्टामा इटालीमा ७४३ जनाको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा २४ घण्टामा ५ हजार २४९ जना संक्रमित भएका छन् । योसँगै इटालीमा संक्रमितको संख्या ६९ हजार १७६ पुगेको छ । त्यसैगरी इटालीमा अहिलेसम्म ८ हजार ३२६ जना ठिक भएका छन् ।

चीन : चीनमा अहिलेसम्म ३ हजार २७७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित भएकाको संख्या ८१ हजार १७२ पुगेको छ । अब चीनमा कोरोना संक्रमित, जो अस्पतालमा छन्, उनीहरुको संख्या ४ हजार ७३५ रहेको छ ।

स्पेन : स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा ४ हजार ७४९ जना संक्रमित भएका छन् । योसँगै स्पेनमा कुल संक्रमितको संख्या ३९ हजार ८८५ पुगेको छ ।

इरान : इरानमा अहिलेसम्म मृतकको संख्या१९ सय ३४ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २४ हजार ८११ पुगेको छ ।

फ्रान्स : फ्रान्समा पछिल्लो २४ घण्टामा २४० जनाको मृत्यु भएको छ । योसँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय पुगेको छ । त्यसैगरी फ्रान्समा कुल संक्रमितको संख्या २२ हजार ३०४ पुगेको छ ।

अमेरिका : अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६८९ पुगेको छ । त्यसैगरी अहिलेसम्म संक्रमितको संख्या ५३ हजार २८७ पुगेको छ ।

बेलायत : बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ८ हजार ७७ पुगेको छ ।

नेदरल्याण्डस :  नेदरल्याण्डसमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६ पुगेको छ । त्यसैगरी कोरोना संक्रमितको संख्या ५ हजार ५६० पुगेको छ ।

जर्मनी : जर्मनीमा कोरोनाबाट १५७ पुगेको छ । जर्मनीमा संक्रमितको संख्या ३२ हजार ९८६ पुगेको छ ।

स्विटजरल्याण्ड : स्विटजरल्याण्डमा अहिलेसम्म १२२ जनाको मृत्यु भएको छ । त्यस्तै ९ हजार ८७७ जना कोरोनाबाट संक्रमित भएका छन् ।

बेल्जियम :  बेल्जियममा अहिलेसम्म १२२ जनाको मृत्यु भएको छ भने ४ हजार २६९ जना संक्रमित भएका छन् ।

त्यसैगरी इन्डोनेसियामा ५५ जना, ब्राजिलमा ४६, टर्कीमा ४४, जापानमा ४३, स्वीडेनमा ३६, फिलिपिन्समा ३५, पोर्चुगलमा ३३, डेनमार्कमा ३२, अस्ट्रियामा २८, इक्वेडर र इराकमा २७(२७ जना, क्यानाडामा २६ जना, सान मारिनोमा २१, ग्रीस र इजिप्टमा २०(२० जना, अल्जेरियामा १९, मलेसियामा १६ जना, नर्वेमा १२, रोमानियामा ११ जना र पोल्याण्डमा १० जनाको मृत्यु भएको छ ।

दक्षिण एशिया

भारत: भारतमा अहिलेसम्म ५३६ जना संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

नेपाल : नेपालमा अहिलेसम्म २ जना संक्रमित भएका छन् भने एक जना आइसोलेसनमा छन् भने एक जना ठिक भएका छन् ।

पाकिस्तान: पाकिस्तानमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने कुल ९७२ जना संक्रमित भएका छन् ।

बंगलादेश:बंगलादेशमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ३९ जना संक्रमित भएका छन् ।

अफगानिस्तान:अफगानिस्तानमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने ७४ जना संक्रमित भएका छन् ।

श्रीलंका: श्रीलंकामा अहिलेसम्म १०२ जना संक्रमित भएका छन् ।

माल्दिभ्स : माल्दिभ्समा अहिलेसम्म १३ जना संक्रमित भएका छन् भने ५ जना ठिक भएका छन् ।

भुटान : भुटानमा अहिलेसम्म २ जना संक्रमित भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply