‘सरकारी स्वास्थ्य क्षेत्रलाई लिलामी गर्नेहरु नै विपतमा सरकारविरुद्ध लागिरहेका छन’ : सांसद बस्नेत

चैत्र १५,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उल्लेख्य काम गरेको बताउँदै विगतमा स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढाएर नीजि क्षेत्रलाई पोस्नेले रोईलो गरेको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै सांसद बस्नेतले ढकालले विपतको वेलामा २४ सै घण्टा खटिएर काम गरेको देखेर केही मान्छेहरू अतालिएको बताएका छन । उनले प्राय जसो नेता स्व–क्वारेन्टाइनमा रहेको समयमा पनि भानुभक्त ढकाल दिनरात नभनि फिल्डमै रहेको बताउँदै हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले अप्ठ्यारोमा पारेर धकेल्न पाईन्छ कि भनेर नसोचे हुने चेतावनी दिएका छन ।

उनले भन्ने, ‘स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, विपतको वेलामा २४ सै घण्टा खटेको देखिएको छ । प्रायजसो नेता अहिले स्व– क्वारेन्टाइनमा हुँदापनी उहाँ दिनरात फिल्डमै हुनुहुन्छ । नीति निर्माण गरि स्वास्थ्य संस्थाहरूसँग समन्वय भैरहेकै छ । मूलुक भित्र र विदेशवाट सहयोग जुटीरहेको छ । मन्त्री स्पष्ट वक्ता हुनुहुन्छ, देखेको कुरा भन्ने वानी छ । अनि किन पूर्वाग्रह ? हिजो स्वास्थ्य क्षेत्रलाई लिलामीमा चढ़ाएर निजी क्षेत्रलाई पोस्नेहरूले रोईलो नगरेको जाती । अप्ठ्यारोमा पारेर धकेल्न पाईन्छ कि भनेर नसोचे हुन्छ ।’

संम्बन्धित समचार

Leave a Reply