पर्यटन व्यवसायी अधिकारीद्धारा राहातस्वरुप नगद तथा खाद्यान्न सहयोग !

चैत्र १७, काठमाण्डौ । अहिले कोरोना भाइरस कोभिड १९ ले बिश्व नै आतंकित बनेको अबस्थामा सरकारदेखि स्थानियतह तथा ब्यक्ति बिषेशले पनि राहातका कार्यक्रमहरु ल्याईरहेका छन् । ठमेल पर्यटन बिकास परिषद्का महासचिव धादिङका धुर्ब अधिकारी ले पनि धादिङको क्षेत्र नं २ का स्थायी बासिन्दाहरु काठमाडौमा दिनानुदिन ज्यालादारी गरि आफ्नो जिविका चलाउने ब्यक्तिहरुलाई सहयोग गरेका छन् ।

बिस्वमा महामारी रुपमा फैलिएको कोरोना भाईरसले गर्दा देश लक डाउनमा फसेको बेला गरिव तथा दैनिक ज्यालादारि गरि खाने धादिङको र अन्य जिल्लाका मानिसलाई केही राहत स्वरुप खाध्यन्न तथा नगद सहयोग गरेको महासचिव धुर्ब अधिकारीले बताए । अहिले लकडाउनको अबस्थामा बाहिर गएर कमाएर खाने ब्यक्तिहरुलाई लक्षित गरेर सहयोगी भावना अगाडी बढाईएको समेत उनले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply