कर्णालीमा हवाई मार्गबाट खाद्यान्न ढुवानी

चैत्र २०, हुम्ला । नेपाल खाद्य संस्थानले हुम्लामा खाद्यान्न ढुवानी सुरु गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका कारण खाद्यान्न संकट नपरोस भनेर बुधबारबाट खाध्यान्न ढुवानी थालिएको संस्थानले जनाएको छ ।

सडक सञ्जाल नभएको एक मात्र जिल्ला हुम्लामा नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट चामल हवाई मार्गबाट ढुवानी सुरु भएको छ । सीता एयरको विमानबाट नेपालगञ्ज र सुर्खेत विमानस्थलमा रहेको नेपाल खाद्य संस्थानको सम्पर्क कार्यालयबाट हुम्लामा खाद्यान्न ढुवानी सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले सीता एयरलाई अनुमति दिएसँगै खाध्यान्न ढुवानी सुरु भएको हो । सीता एयरको ३ वटा जहाज होटेल रोमियो, होटेल बराबर र जुलेट रोमियोको जहाजबाट सिमकोटमा रहेको विमानस्थलमा ६ वटा उडान भएको छ ।

संम्बन्धित समचार

Leave a Reply