भारतमा राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको एक बर्षको ३० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने

चैत्र २५, काठमाडौं । भारतमा कोरोना बिरुद्धको अभियानका लागि भारतीय सरकारले राष्ट्रपतिदेखि सांसदसम्मको तलबमा कटौती गरेको छ । भारत सरकारको मन्त्रिपरिषदको बैठकले एक अध्यादेश पारित गर्दै ३० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव पछि ल्याइएको अध्यादेशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सबै सांसद, राज्यपाल, एलजीहरुको एक बर्षसम्म ३० प्रतिशत तलब काटिने उल्लेख छ ।

तत्काल संसद बस्न सम्भव नभएपछि अध्यादेश मार्फत तलब काटिने प्रस्ताव भारतीय सरकारले गरेको एक मन्त्री प्रकाश जावडेकरले बताएका छन् ।

त्यसैगरि सांसदहरुलाई दिइने सांसदनिधीको रकम पनि २ बर्षका लागि रोकिने अध्यादेशमा उल्लेख छ । यसरी बचेको सबै रकम कोरोना उद्धार कोषमा खर्च गरिने बताइएको छ । यो अध्यादेश पछि दुई बर्षमा खर्च हुने ७२ अर्ब भारतीय रुपैयाँ कोषमा खर्च हुनेछ । यो नेपालमा सांसदहरुलाई दिइने सांसद कोष जस्तै हो । भारतमा अहिलेसम्म ४ हजार बढीमा कोरोना संक्रमण भेटिएको छ भने एक सय भन्दा बढीको मृत्यु भएको छ ।

संम्बन्धित समचार

Leave a Reply