कलंकी अण्डरपासको काम आज सकिदै, सर्वसाधारणका हैरानीको दिन सकिए

साउन २५,काठमाडौँ । विगतका दिनमा लामो जामका कारण कलंकी ओहोरदोहोर गर्न यात्रु र चालकलाई हैरानी हुने गथ्र्यो । अब अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा ३० सेकेण्ड मात्र जाम हुने चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले दावी गरेका छन ।

अण्डरपास निर्माणको लगभग सबै काम सकिएकाले अब केही दिनभित्रै सञ्चालन हुने उनको भनाई थियो ।

बर्षाका कारण काम गर्न समस्या भएपछि अण्डरपास सञ्चालनमा केही ढिलाई भएको आयोजना प्रमुख भण्डारीले बताए । शुक्रबार दिनभरि काम गर्न पाए अण्डरपासको काम लगभग पूरा हुने उनले जानकारी दिएका छन ।

अण्डरपास सञ्चालन भएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । आयोजना प्रमुख भण्डारीका अनुसार अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बाँयातिर जाने गाडीले सिधै मोडिन पाउनेछन् । दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खर्नुपर्नेछ । त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने प्रमुख भण्डारीले बताए ।

चीनको अनुदान सहयोगमा कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो । अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर सुरु गरिए पनि २ वर्षमा बल्ल सकिएको हो ।

संम्बन्धित समचार

Leave a Reply