घर-घरमा मास्क र सेनिटाइजर बाँड्दै अखिलका नेता भुपेन्द्र शाह

चैत्र २८,कैलाली । कोरोना संक्रमणबाट बच्न प्रयोग गरिने मास्क र सबैतिर अभाव छ । विभिन्न ठाँउमा यसको समस्या भइरहदा कैलालीको जानकी गाँउपालिकामा आम नागरिकले नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता भुपेन्द्र शाहबाट नै मास्क पाउदा खुसी भएका छन । शाह अहिले गाउँघर मास्क वितरण गर्न केन्द्रित भएका छन् ।

विश्व नै कोरोना भाइरसको त्रासमा भएका बेला नेपालमा पनि त्यसको संक्रमण देखिएको र बढ्दो क्रममा रहेको बेला नेता शाह गाउँमा मास्क र स्यानिटाइजर वितरण गर्दै उनीहरूलाई घरमै बसेर सुरक्षित रहन सुझाइरहेका छन् । नेता शाह आफुपनि सुरक्षित हुँदै घरघरमा मास्कसंगै सेनिटाइजर वितरण गरिरहेका छन ।

समाजसेवा गर्न मन पराउने र समाजसेवाबाटै राजनीतितर्फ उन्मुख शाह यस्तो त्रासको अवस्थामा पनि घरमा चुप रहेर बस्न नसकेको बताउछन् । उनले गाउँमा कोहि वास्तविक दुखी, असहाय भेट्टाए स्थानीय तहसंग समन्वय गरेर सहयोग गर्ने बताउदै अहिले आफुले सकेजती मास्क र हातमा लगाउन स्यानिटाइजर वितरण गरेको जानकारी दिए ।

करिब १ हजार सर्जिकल मास्क र केही स्यानिटाइजर उनले गाउँमा वितरण गरेका छन । मास्क र स्यानिटाइज प्रयोग गरे कोरोना भाइरसबाट बच्न सकिने भन्दै उनले मुख्यतः सबैलाई घरमै बस्न र सकेसम्म साबुनपानीले हात धुने र बारम्बार स्यानिटाइज हातमा लगाइरहन आग्रह गरेका छन । शाहले यदि अत्यावश्यक कामका लागि बाहिर निस्कन परे मास्क प्रयोग गर्न सुझाएको बताएका छन ।

संम्बन्धित समचार

Leave a Reply