लकडाउनले फर्सी नबिकेपछि धादिङका किसान चिन्तित

चैत्र २८, धादिङ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउन झन् थपिएपछि धादिङका किसानहरू मर्कामा परेका छन् । खेतमा तरकारी राम्ररी फले पनि व्यपारीले तरकारी लिन नमानेपछि किसानहरू चिन्तित भएका हुन् । थाक्रे २, धादिङमा ४ रोपनीमा फर्सी लागाएका कृष्ण प्रसाद रिजालले फर्सी नबिकेपछि फर्सीमानै ट्याक्टर लगाएर मकै छरेका छन् ।

किसान सधैँ मर्कामानै पर्छ । जति दुःख गरे पनि नाफा जति विचौलियाले खाने र कहिले कहीँ त मल र बिउको पैसा पनि न आउने कुरा किसान कृष्णप्रसाद रिजाल बताउँछन् । काठमाडौँमा ८० रूपियाँमा काउली बिक्री भएपनि आफूले जम्मा १५ रुपियाँमा बेच्नु परेको कृषक उत्तमप्रसाद रिजाल बताउँछन् । यसपाली कोरना भाइरसको कारण ९ रोपनीमा लगाएको तरकारीले घाटामात्र व्यहोर्नु परेको उनी बताउँछन् ।

 

संम्बन्धित समचार

Leave a Reply