बन डढेलो लगाउने ब्यक्तिको पहिचान दिनेलाई धादिङ सिद्धलेकले नगद २० हजार दिने !

वैशाख २, धादिङ । अहिले गर्मी मौसम सुरु भएपछि बन डढेलोका घटनाहरु तिब्र बढिरहेको छ । देश लकडाउनको अबस्थामा रहेको छ । सबै मानिसहरु घरभित्रै बसिरहेका छन्, तर अपरिचित ब्यक्तिहरुले बन डढेलो लगाएर प्रकृतिको नाश गरिरहेका छन् ।

धादिङको सिद्धलेक गाउँपालिकाको बिभिन्न बन क्षेत्रहरुमा डढेलो लागेको देख्न सकिन्छ । केहि दिन अगाडी सिद्धलेक गाउँपालिका वडा नम्बर ४, ५, ६ लगायतका बनमा डढेलो लगाउने काम भएको पाईएको छ । अहिले गाउँपालिकाले छुट्टै नियम पनि बनाएको छ । बन डढेलो लगाउने ब्यक्तिको सुचना दिने ब्यक्तिलाई गाउँपालिकाले नगद रु २० हजार पुरस्कार दिने भएको छ । बन डढेलो लगाउने ब्यक्तिको नाम अथवा पहिचान गोप्य रुपमा दिने ब्यक्तिलाई सिद्धलेक गाउँपालिकाले नगद रु २० हजार दिने गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले सामाजिक सञ्जाल मार्फत जानकारी दिए ।

जानकारी दिने ब्यक्तिको नाम, ठेगाना गोप्य रहने पनि अध्यक्ष सिलवालले बताएका छन् । प्राकृतिक सम्पदा जोगाउनु सबैको कर्तब्य भएकाले पनि यो कदम अगाडी सारिएको उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply