हेटौँडामा र्यापिड टेस्टमा चार जनामा पोजेटिभ, बाग्मती प्रदेशमा १२ पुगे

वैशाख ५, हेटौँडा । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रम परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ । द्रूत परीक्षण किट अर्थात ¥यापिड डाइग्नोष्टिक टेष्ट आरडीटी बाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा बाग्मती प्रदेशको मकवानपुरमा चार जनासहित १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो । मकवानपुरका हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बिहीबार आरडीटी किटबाट ४९ परीक्षण गरिएकोमा चार जनाको रिपोर्ट पोजेटिभ भेटिएको छ ।

आरडीटी पोजेटिभ रिपोर्ट आएकाहरुलाई हेटौँडा अस्पतालको आइसोलेसन कक्षमा राखिएको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिए । उनले भने आरडीटी पोजेटिभ रिपोर्ट भेटिएकाहरुको स्वाब सङ्कलन गरिएको छ, पीसीआर विधिबाट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा परीक्षणपछि कोरोना भाइरस लागे नलागेको यकिन हुन्छ ।

हेटौँडा १५ मा नौ जना र हेटौँडा ४ स्थित बासुदेव सभागृहमा ४० जनाको आरडीटी परीक्षण भएको भारत घर भइ हाल हेटौँडा ४ मा बस्दै आएका महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय पुरुष, भारतबाट फर्किएका हेटौँडा–५ का २४ वर्षीय पुरुष र साउदी अरबबाट फर्किएका ३२ वर्षीय पुरुषमा आरडीटी पोजेटिभ देखिएको हो । यस्तै आरडीटीबाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा मकवानपुर बाहेक प्रदेशका जिल्लामा आठ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आरडीटीबाट परीक्षण गर्दा बिहीबार थप एक जनामा पोजेटिभ पाइएको छ ।
मन्त्रालयका प्रबक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा। पुरुषोत्तमराज सेढाईले ९९४ जनामा आरडीटीबाट जाँच भएकोमा काठमाडौँ जिल्लामा ३१ वर्षीया महिलामा पोजेटिभ देखिएको बताए । उनले भने, इटालीबाट फर्किएका बुढानिलकण्ठ नगरपालिकाका ती महिलाको पीसीआर विधिबाट परीक्षण हुनेक्रममा रहेको छ ।
कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, चितवन, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।
हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण दुई हजार २५४ जना गरिएकोमा पोजेटिभ भेटिएका आठ जनामध्ये दुई जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ पाइएको थियो ।
प्रबक्ता सेढाईले प्रदेशका सबै जिल्लामा गरी विदेशबाट फर्किएका र कोरोना भाइरसका शङ्कास्पद विरामीको जाँच गर्न चार हजार तीन सय द्रुत परीक्षण किट आरडीटी पठाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply