खोटाङमा खानेपानी व्यवस्थापनका लागि एडिबीले सहयोग गर्ने

साउन २८,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ ।

नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास विभाग काठमाडौँका निर्देशक रामचन्द्र यादवबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ ।

एडिबीको आर्थिक सहयोगपछि अब दिक्तेलबजारका एक हजार १०० घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । नगरपालिकामा सञ्चालन हुने खानेपानी आयोजनाका लागि हप्तादिन भित्रमा टेण्डर आह्वान हुने नगरप्रमुख रिजालले बताए । “आगामी १८ महिनाभित्र काम सम्पन्न गरेर ५० वर्षसम्म स्वच्छ खानेपानी उपलब्ध गराइनेछ लक्ष्य छ,” उनले भने

खानेपानी विस्तारका लागि हाल दिक्तेलबजारमा सञ्चालनमा रहेको रम्बाखोला र रामपुर गरी तीन वटा मुहानबाट खानेपानी ल्याइने जनाइएको छ ।

रु ३२ करोडको लागतमा निर्माण हुने आयोजनाका लागि उपभोक्ताको पाँच प्रतिशत, सात करोड नगर विकास कोषबाट ऋण अनुदान र ७० प्रतिशत अर्थात् अन्य रकम एडिबीको सहयोगमा हुने नगरप्रमुख रिजालको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply