आजको मौसम : अझै तीन दिन मौसम सुधार नहुने

वैशाख १४, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अरु तीन दिनसम्म मौसममा सुधार नहुने जनाएको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताइन् ।

उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे भइरहेको वर्षाको यो क्रम आउँदो मंगलबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

संम्बन्धित समचार

Leave a Reply