ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुनमा सुरु गर्ने

वैशाख २३, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आउँदो जुनमा सुरु गर्ने तयारीमा आयोजकहरु लागेका छन् । स्पेनमा कोरोना भाइरसको महामारी कम हुँदै गएको र लकडाउनमा पनि केही छुट दिन थालिएको अवस्थामा आयोजकहरुले लिगका बाँकी खेल सुरु गर्ने सम्बन्धमा योजना बनाउन थालेका हुन् ।

यो हप्ता क्लबहरु प्रशिक्षणमा फर्किँदै छन् । स्पेनका शीर्ष दुई डिभिजनका खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षणको व्यवस्था गरिएको छ । त्यसका लागि खेल तथा स्वास्थ्य अधिकारीसँगको परामर्शमा सुरक्षात्मक उपायहरु अपनाइने जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply