इटालीमा २ लाख २२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण !

जेठ १, काठमाण्डौ । इटालीमा २ लाख २२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १९५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार १०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८८८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २२ हजार १०४ पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख १२ हजार ५४१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७८ हजार ४५७ जनामध्ये ८९३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply