नेपालमा फ्लाई दुबईको कार्गो उडान, स्वास्थ्य सामग्री लिन जहाज चीन जाँदै !

जेठ ४, काठमाण्डौ । संयुक्त अरब इमिरेट्स यूएई को वायुसेवा कम्पनी फ्लाई दुबईले नेपालमा आइतबार दिउँसो एक कार्गो चार्टर उडान गरेको छ । फ्लाई दुबईले विभिन्न स्वास्थ्य सामग्री ल्याएको र आजै बेलुका पौने ६ बजे नेपालबाट कार्गो सामग्री लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार, नेपालमा केही स्वास्थ्य सामग्री लिएर आइतबार ३,४० मा अवतरण गरेको विमानले बेलुका फर्कंदा निजी कम्पनीका केही हस्तकलाका सामान तथा कार्पेट लिएर जानेछ ।

यस्तै, आइतबार नै नेपालबाट हिमालय एयरलाइन्स स्वास्थ्य सामग्री लिन बेलुका पौने ६ बजे चीन जाँदैछ भने नेपालमा रहेका २ सय ५० भन्दा बढी जापानी पर्यटक लिएर नेपाल वायुसेवा निगम जापानको नारिता जाने भएको छ । निगमको बाइडबडी जहाज राति ९ बजे जापान जाने र सोमबार बिहान फर्कनेछ ।

संम्बन्धित समचार

Leave a Reply