एसियाली खेलकुद : आइतबार नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा सहभागिता जनाउने

सियाली खेलकुद अन्तरगत अाइतबार नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा सहभागिता जनाउँदैछ ।

उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ ।

अघिल्लो दुई खेलमा पराजित भएको पाकिस्तानलाइ पनि त्यही मौका रहनेछ ।

ब्याडमिन्टनतर्फ पुरुषको टिम इभेन्टसमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् ।

यस्तै महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङतर्फ महिलाको साब्रे व्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिष्पर्धा गर्नेछिन् ।

यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिष्पर्धा गर्नेछिन् ।

संम्बन्धित समचार

Leave a Reply