जनता सामाजबादी पार्टी लहानद्धारा एक दिने रक्तदान कार्यक्रम

जेठ ११, लहान । विश्व कै महामारी कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको महामारीको बेला रगतको अभावमा कोही पनि मर्न नपरोस् भन्ने हेतुले सिरहाको लहान नगरपालिका – २४ गोबिन्दपुरमा एक दिने रक्तदान कार्यक्रम भएको छ । जनता सामाजबादी पार्टी लहान नगर समिति तथा वडा समिति २४ र रक्त सञ्चार सेवा केन्द्र लहानको संयुक्त आयोजनामा एक दिने रक्तदान कार्यक्रम भएको हो । सो रक्तदान कार्यक्रम मा जनता समाजबादी पार्टीका युवा नेता मनोज कुमार यादब , बलिराम यादब, संजय यादब , लगनलाल पासवान , संजय कुमार साह , राम चलितर दास , नागेश्वर यादब , संतोष शर्मा लगायत ४० जना जनता सामाजबादी पार्टीका प्रतिनिधि, समाजसेबी तथा बिधार्थीहरुले रक्तदान गरेको जसपाका युवा नेता राम चलितर महतोले बताएका छ्न् ।

जसपा सिरहा क्षेत्र न १ क का अध्यक्ष शितल कुमार साहको अध्यक्षतामा समपन्न सो रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता , पार्टीका नेता भरत साह , स्थानीय सुरक्षा निकाय लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर प्रसाद गुप्ता ले यस्तो विषम परिस्थितिमा पनि जनता समाजबादी पार्टीले आकस्मिक रक्तदान कार्यक्रम गरेर निकै प्रशंसा गर्न योग्य काम गरेको बताएका छन् ।
-राजेन्द्र महतो

संम्बन्धित समचार

Leave a Reply