‘हाम्रो देशले समुदाय र धर्मको सम्मानमा विश्वास गर्दछ’ : अध्यक्ष तिमिल्सिना

जेठ १२, काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुस्लिमहरुले मनाउने ईदको शुभकामना दिएका छन् । उनले मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ , अहिले विश्व समुदाय ‍कोरोना भाइरस कोभिड १९ संक्रमणको कारण प्रवाभित भएको र नेपालमा पनि दैनिक रुपमा संक्रमण बढिरहेको विसम परिस्थितिमा कोरोनाका कारण दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली तथा संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित हाम्रो देशले समुदाय र धर्मको सम्मानमा विश्वास गर्दछ । यस पर्वमा मुस्लिम समुदायले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास लिएको छु । रमजान महिनामा मुस्लिम धर्मावलम्बीले मस्जिदमा जम्मा भई सामुहिक रुपमा नमाज पढ्ने र आफ्नो पर्व मनाउँदै आउनुभएको थियो। तर, कोरोनाको महामारीका कारण घरमै ब्रत बस्ने, नमाज पढी यो पर्व मनाउनु भएको छ । यस महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातीलाई कसरी जोगाउने भन्ने कुरामा हामी सबै एकजुट हुनुपर्दछ । त्यसकारण ईद उल(फित्रको दिन पनि सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउनुहुन सम्पूर्ण मुस्लिम समुदायमा आग्रह गर्दछु ।

यस पर्वको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा महामारीविरुद्ध एकजुट भई लड्न तथा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

संम्बन्धित समचार

Leave a Reply