सप्तरीमा थप ९ जनामा सङ्क्रमण पुष्टि, कुल ४२ सङ्क्रमित

जेठ १७,काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार एक महिलासहित नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको हो । स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार डाक्नेश्वरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या १२ पुगेको छ । सङ्क्रमितहरूको उमेर १८ देखि ६० वर्षसम्मको रहेको छ । उनीहरू भारतको विभिन्न स्थानबाट आएका थिए ।

बोदेवर्साइन नगरपालिकामा सङ्क्रमितको सङ्ख्या सर्वाधिक २१ जना रहेको छ । स्थानीय चन्द्रा शत्रुघ्न माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दैआएका १२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । उनीहरू ४० वर्षमुनिको उमेर समूहका रहेका छन् । स्वास्थ्य कार्यालय, सप्तरीबाट खटिएको टोलीले नौ दिनअघि उक्त क्वारेन्टाइनमा बस्दैआएका २४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएको थियो ।

सङ्क्रमितमध्ये एक सुरक्षाकर्मीसमेत रहेका छन् । उनि सोही क्वारेन्टाइनमा खटिँदैआउनुभएको थियो । अन्य ११ जना करिब दुई साताअघि खुला सिमाना भएर भारतबाट आएका थिए । जिल्लाको बलान विहुल गाउँपालिकामा तीन, विष्णुपुर गाउँपालिकामा एक र सुरुङ्गा नगरपालिकामा एक जना कोरोना सङ्क्रमित फेला परेको छन् ।

संम्बन्धित समचार

Leave a Reply