थप १८ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १८,काठमाडौँ । कर्णालीमा आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रलायको जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक र अन्य १७ जना दैलेखका रहेका छन् ।

दैलेखका १७ जनामध्ये नारायण नगरपालिकाका ९ जना र दैलेखकै देवलकाँडामा ५ जना पुरुष, सिमडाका एक, रातापानीका एक र साडुका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply