सीमा चौकी स्थापना: नेपाल–चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको टोली पुग्यो

जेठ १९,काठमाडौँ । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चौकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि चार हजारभन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो । गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बिओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सामा पुगेको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताए ।

टोलीले आवश्यक पूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बिओपीको औपचारिक रुपमा स्थापना हुने उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दश जनाको टोली हिल्सा पुगेको थियो । टोलीले कार्यालयका लागि घर भाडामा लिनेदेखि अन्य व्यवस्था गरिरहेको छ । बिओपीका लागि सबै तयारी भएपछि औपचारिक रुपमा कार्यालय स्थापना हुनेछ ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली हाललाई हिल्सामा बस्नेछ । टोलीले सीमा सुरक्षाका साथै सिमानामा हुने अन्य गतिविधिको पनि सुरक्षा गर्नेछ । यसअघि हिल्सामा सीमा सुरक्षा चौकीका रुपमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । हिमपातपछि चिसो बढ्दा टोली गत मङ्सिरमा नाम्खा गाउँपालिकाको मुचुमा सरेको थियो । टोली हालसम्म फर्केको छैन ।

संम्बन्धित समचार

Leave a Reply