आज एकै दिन थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय पुग्यो !

२१, काठमाडौं । बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार २०१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ । मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले एक लाख ५५ हजार आठ सय ८० क्वारेन्टाइनमा छन्। डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ । डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्। मन्त्रालयका अनुसार बुधबार १२ जना डिस्चार्ज भएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply