कोरोनाबाट सुर्खेतमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो !

जेठ २३, सुर्खेत । कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । बिहीबार बिहान करिव पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए । जेठ ९ गते भारतको मुम्वइबाट गाउँ फर्किएका उनी १४ पञ्चपुरी नगरपालिका वडा नं–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

संम्बन्धित समचार

Leave a Reply