कोरोना भाइरस नेपाल : दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

जेठ २३, काठमाण्डौ । केही सातादेखि कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ । उनले भने, विभिन्न ठाउँबाट सङ्कलन गरिएका स्वाब प्रयोगशालामा बढ्दै गएकाले त्यसको निकास दिन त्यस्तो मेसिन ल्याउने निष्कर्षमा पुगेका छौँ। अहिले देशभरि १,६०,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् र भारत तथा अन्य देशबाट पनि नेपाली नागरिकलाई फर्किन दिने सरकारले जनाएको छ । त्यसैले रोग नियन्त्रणका लागि परीक्षण बढाउन अपरिहार्य मानिएको छ । बिबिसि

संम्बन्धित समचार

Leave a Reply