भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

जेठ २६,काठमाडौँ । नेपालका गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले सोमबार ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको नेपाली रुपैया २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिने बताइएको भारतीय राजुदतावासबाट जारी विज्ञप्तीमा जनाइएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको लागी यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका ल्ँीग् छुट्टै सरसफाइको सुविधा रहेको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागी प्राविधिक सहयोग प्रदान गर्नेछन् । भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागी नेपाल सरकार र यसका निकायहरु संगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply