भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गरिने

भाद्र ७,नेपालगञ्ज । भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको यो अस्पतालको स्तरोन्नति प्रक्रिया मैले अघि बढाइसकेको छु ।”

अस्पतालको स्तरोन्नति गर्न आफूले उपप्रधानमन्त्री उपेन्द्र यादवसँग परामर्श गरिरहेको र उहाँ यसमा सकारात्मक हुनुभएको मन्त्री राईको भनाइ छ । उनले भने, “ यो अस्पताललाई विगतमा करोडौँको जग्गा र सम्पत्ति दान गर्ने नेपालगञ्जकी दानवीर स्व औतारदेइ कसौधन (चौधराइन) को नाममा अस्पतालको नामाकरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।”

दानवीर चौधराइनले नेपालगञ्जको विकासमा ठूलो गुन लगाएको उनले बताए । उनले अस्पताललाई मात्र हैन, नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस, नारायण उच्च मावि र जिल्ला जनस्वास्थ्य कार्यालय पनि करोडौँ मूल्यका जग्गादान गरेको बताइएको छ । यो प्रक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र स्व औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले पनि सघाउने प्रतिबद्धता व्यक्त गरे । दानवीर चौधराइनको जन्म विसं १९५८ मा भएको हो । उनले २०२८ भदौ ६ गते देहत्याग गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply