पर्सामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

-दिपु वर्णवाल
असार १,विरगञ्ज । पर्सामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा पर्साका १० जना र रौतहटका १ जना रहेका छन् ।

भारतबाट फर्किका र क्वारेन्टिनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा.उपाध्यायले जानकारी दिए । ‘पर्साका १० जना संक्रमितमध्ये एक जना महिला र ९ जना पुरूषहरू रहेका डा उपाध्यायले जानकारी दिए ।

पर्साका संक्रमितहरु २६ वर्षदेखि ५६ वर्ष समूहका रहेका छन् । गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको र नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गरिएको थियो ।

पर्साका १० जना संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाको १ महिला र ८ जना पुरूष रहका छन भने पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना रहेका छन् ।

त्यसैगरी रौतहट गढीमाईका ३० बर्षका एक जना पुरूष रहेको डा उपाध्यायले जानकारी दिए ।

संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply