कर्णालीमा एकै दिनमा १९१ जनाले कोरोना जिते

असार २,काठमाडौँ । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ३४२ जना सङ्क्रमितहरू निको भई घर फर्किएका हुन् ।
मङ्गलबार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले यसअघि विभिन्न समयमा गरी १५१ जना डिस्चार्ज भई घर गइसकेको बताए ।

मङ्गलबारसम्म कोरोना जितेर घर फर्कनेहरूको कुल सङ्ख्या ३४२ पुगेको र यो क्रम अझै बढ्ने महाशाखाले जनाएको छ । कोरोना जितेर घर फर्कनेहरूले आत्मबल बलियो बनाउन सके केही नहुने बताएका छन् ।

थप नौ जनामा कोरोना पुष्टि

यसै गरी, मङ्गलबार कर्णालीमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ । मङ्गलबार थप भएका नौ जनामा दैलेखका पाँच र सुर्खेतका चार रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले सङ्क्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।

मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा सङ्क्रमितको सङ्ख्या ६३४ पुगेको छ भने सुर्खेतमा २३५ पुगेको छ । यस्तै, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एकरएक जना सङ्क्रमित फेला परेका छन् । रुकुमपश्चिममा अहिलेसम्म सङ्क्रमित फेला परेका छैन । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

संम्बन्धित समचार

Leave a Reply