धानको न्युनतम मूल्य मन्त्रिपरिषदमा पेश

असार २,काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको न्युनतम मूल्य मन्त्रिपरिषदमा पेश गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा धानको सर्मथन मूल्य मन्त्रिपरिषदमा पेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७७/७८ कालागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य मन्त्रिपरिषदमा पेस गरिएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मूनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको हो जनाइएको छ ।

कृषिले आव ०७६ /७७ को तुलनामा आगामी आर्थिक वर्षलाई मोटा धान प्रतिक्विन्टल २ सय ३ र मध्यम धान २ सय १२ रुपैयाँ बढाएर मूल्य प्रस्ताव गरेको हो । आव ०७६/७७ मा मोटा धानको समर्थन मूल्य २५ सय ३१ रुपैयाँ ८० पैसा र मध्यमको २६ सय ७३ रुपैयाँ तोकेको थियो ।

यसअघि असारे धान बाली भित्र्याउने बेलामा मात्रै धानको समर्थन मूल्य तोक्ने प्रचलन थियो । चालु आर्थिक वर्षमा कात्तिक ५ गते सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । धानको सर्मथन मूल्य तोकेपछि सरकारीले तोके जति मूल्यमा नबिकेको धान कृषकबाट सरकारले खरिद गर्नु पर्दछ ।

संम्बन्धित समचार

Leave a Reply