कारको ठक्करबाट २ जना घाइते

भाद्र ८, काठमाडौं । कीर्तिपुर नगरपालिका ३ समलटोलमा गएराति कारको ठक्करबाट २ जना घाइते भएका छन् ।

गएराति सवा १० बजे बा १६ च ९०५६ नम्बरको कारले ठक्कर दिँदा मकवानपुर कुलेखानी घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षीय देब गोले र १३ वर्षीय सुवर्ण सिंह भुसाल रहेका छन् ।

घाइते दुबैको मोडेल अस्पताल कीर्तिपुरमा उपचार भैरहेकोमा सुवर्णलाई थप उपचारको लागि ट्रमा सेन्टर ल्याइएको छ । कारलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौंकै गैरीधारामा पनि गएराति ९ बजे बा ५ च ४९३९ नम्बरको जीपले बा ६२ प ३२४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं शान्तिनगरकी २५ वर्षीया मैनता घिमिरे घाइते भएकी छन् । उनको मोडेल अस्पताल बागबजारमा उपचार भैरहेको छ । कार चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply