अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा मरिसन नियुक्त

भाद्र ८, काठमाडौं । अष्ट्रेलियामा राजनीतिक संकट चुलिएको छ ।

सत्तारुढ लिबरल पार्टीका नेताहरु पदीय लोलुपतामा फसेपछि अष्ट्रेलियामा सरकार परिवर्तन भएको छ । लिबरलले प्रधानमन्त्री माल्कम टर्नबुललाई पदबाट हटाईएको छ ।

नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् ।

आगामि निर्वाचन र पार्टी भित्रकै असन्तुष्ट पक्षको विरोधका कारण लिबरलले माल्कमलाई फिर्ता बोलाएको बीबीसीले उल्लेख गरेको छ ।

नेता पिटर डट्टनलाई पराजित गर्दै मरिसन संसदीय दलको नेतामा विजयी भएसँगै अष्ट्रेलियाले नयाँ प्रधानमन्त्री पाएको हो ।

यसअघि टर्नबुलले संसदीय दलको नेताका लागि भएको निर्वाचनमा डट्टनलाई हराएपनि पार्टीले नै प्रधानमन्त्रीबाट फिर्ता बोलाएपछि संसदीय दलको नेतामा पुन: निर्वाचन भएको हो ।

तीन वर्ष अघि टर्नबुल प्रधानमन्त्री चुनिदा समेत लिबरल भित्र यस्तै चलखेल भएको थियो । पार्टीको संसदीय दलको चुनावमा विजयी भएपनि पार्टी भित्र चर्काे विरोधका बीच टर्नबुललाई फिर्ता गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply