पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

असार ८, काठमाण्डौ । कर्णाली राजमार्गअन्र्तगत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिराका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply