नेपालमा किन जल्यो सि जिनपिङको पुत्ला ?

दिपु वर्णवाल                

असार १३,विरगञ्ज । छिमेकी राष्ट्र चिनले नेपालको भुभाग मिचेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पर्साले शुक्रवार चिनका राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा वीरगञ्जको माईस्थानबाट नारावाजी गर्र्दै घंटाघरमा आएर राष्ट्रपति सि जिन पिङ्कको पुत्ला दहन गरिएको हो । नेविसंघ पर्साका कार्यवाहक सभापति विकेश पटेलको अध्यक्षतामा चिन सरकारको विरुद्धमा विभिन्न नाराबाजी गर्दै पुत्ला दहन गरिएको हो ।

माइस्थानबाट सुरु भएको ¥याली घण्टाघर आउनै लाग्दा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर तनाव समेत उत्पन्न भएको थियो । गो ब्याक चाईना, चाईना मुर्दावाद, सि जिन पिङ् मुर्दावाद लगायतका नारा अंकित प्ले कार्ड बोकेर नेविसंघका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
कोणसभालाइ सम्बोधन गर्दै वक्ताहरुले गुगलले नेपालको पहिचान सगरमाथालाइ चिनमा देखाइरहँदा पनि नेपाली प्रधानमन्त्री मौन भएको भन्दै आक्रोश पोखेका थिए ।

पुत्ला दहन कार्यक्रममा संघका उपाध्यक्ष सञ्जिव मिश्रा, पर्सागढी नगरअध्यक्ष मनन्जय मिश्रा, ठाकुराम बहुमुखि क्याम्पस ईकाई अध्यक्ष अजय कर्ण, सहसचिब दिपक पटेल, राहुल रौनियार लगायतका विद्यार्थि नेताहरुको उपस्थिती रहेको थियो ।

चिनले नेपाली भुमि मिचेको भन्दै पुत्ला दहन गरेपनि नेपाल सरकारले भने चिनले नमिचेको भन्दै यसअघिनै स्पष्टिकरण दिईसकेको छ

संम्बन्धित समचार

Leave a Reply