पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते जुलाई १ मा मूल्यसूची पनि बढेर आएको प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

पेट्रोलियम पदार्थको स्वाचालित मूल्य सूचीअनुसार नै मूल्य समायोजन गरिएको निगमले जनाएको छ । असार २ गते मूल्यसूची आए पनि बन्दाबन्दी र पेट्रोलियम पदार्थको कारोबार नभएको अवस्था भएकाले छिटो निर्णय नलिइएको उपाध्यायले बताए ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालित स्वाचित मूल्यसूची प्रणाली हरेक १५÷१५ दिनमा अपडेट हुनु पर्दछ तर कोरोनाको बन्दाबन्दीका कारण सवारीसाधन वन्द भएपछि पेट्रोलियम पदार्थको कारोबार ठप्प थियो । बन्दाबन्दीमा कारोबार २० प्रतिशतमा झरेको थियो । आशिंक रूपमा सवारीसाधन खुलेपछि कारोबार वृद्धि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस