(अपडेट) गुल्मी पहिरोमा मृतकको संख्या तिन पुग्यो, एक जना अझै बेपत्ता

असार १९, गुल्मी । गुल्मीमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिए । बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् ।

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्कबिहीन भएको स्थानीय रामबहादुर केसीले बताए । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply