ओली–प्रचण्डको तीन घण्टा वार्ता : मर्म अनुसार अगाडि बढ्ने आ–आफ्नै शर्त !

असार १९, काठमाण्डौ । सत्तारुढ दलभित्रको आन्तरिक विवाद समाधान गर्नको लागि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन घण्टा वार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अधयक्षप्रचण्डसहितका नेताहरुबीचको बैठकमा दुवै अध्यक्षले आ–आफ्नो अडान दोहो¥याउदै एकताको मर्म अनुसार अगाडि बढ्ने विषयमा सकारात्मक दखिएका हुन् ।

बैठकमा सहभागी पार्टीका महासचिव विष्णु पौडेलका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको र भोली थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको जानकारी दिए । त्यसैगरी वार्तामा सहभागी नेता जनार्दन शर्माले दुवै अध्यक्षबीच खुलेर छलफल भएको र अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको बताए । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।

संम्बन्धित समचार

Leave a Reply