बाह्रबिसे पहिरो: उद्धार कार्यलाई द्रुत बनाउन मुख्यमन्त्री पौडेलको निर्देशन

असार २५,काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा १० जनाको टोली पुगिसकेको छ । घाइतेका उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाँदै छ ।

संम्बन्धित समचार

Leave a Reply