ला लिगामा रियल मड्रिडको सहज जीत

असार २७, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले आलाभेसविरुद्ध सहज जीत निकालेको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियलले आलाभेसलाई २,० गोल अन्तरले हराएको हो ।

जीतसँगै शीर्ष स्थानमा रहेको रियलले अंक तालिकामा पुन ४ अंकको अग्रता कायम गरेको छ । रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक छ । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply