चितवनमा प्रचण्डको स्पष्टोक्ती : ‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ’, त्यो लम्पसारवाद हो ?

असार २८ चितवन । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगेका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आइतबार यहाँ आयोजित कर्यक्रममा आफूलाई विगतमा केपी ओलीले लम्पसारवादी भनेर आरोप लगाएको तर, इतिहासले त्यसलाई गलत सावित गरिदिएको बताएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताए ।

यसबारे व्याख्या गर्दै प्रचण्डले भने, ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित गर्‍यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?’

त्यसपछि माघमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट ढीलो नगरी लिम्पियाधुरादेखि लिपुलेक र कालापानीसहितको भूभाग समेटिएको नक्सा प्रकाशित गर्नुपर्दछ र जरुरी पर्दछ भने हामीले त्यसलाई संवैधानिक व्यवस्था पनि गर्नुपर्दछ भनेर आफूले केन्द्रीय समितिमा पनि भनेको प्रचण्डले सुनाए ।

संम्बन्धित समचार

Leave a Reply