मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

असार ३०, काठमाण्डौ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् । आयोजनाका एक इन्जिनियर र एक सवारी चालक बेपत्ता भएका हुन् ।

सुरुङमा पानी हालेर परीक्षण गरिएको क्रममा समस्या देखिएपछि हेर्न गएका चार जनालाई पानीले बगाएको थियो। बगाएका चारमध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ । बाँकी दुई अझै बेपत्ता रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply