सिन्धुपाल्चोकमा पहिरो : दुई घर बगायो,पाँच जना बेपत्ता !

साउन १, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । एक साताअघि गएको पहिरोमा बेपत्ता भएका २० जना नभेटिँदै जिल्लामा थप पाँच जना पहिरोमा बेपत्ता भएका हुन् । भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका दुईवटा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटना गए राति ११ बजेको हो । घटनास्थल सदरमुकामबाट ७५ किमी टाढा पर्छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । उनले प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै घटनाको विस्तृत विस्तृत विवरण प्राप्त हुने बताए । एक साताअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको बाढीपहिरोमा परेर बेपत्ता भएका २० जना अझै भेटिएका छैनन्।

संम्बन्धित समचार

Leave a Reply