(अपडेट) पहिरोले कालीकोटमा १० को मृत्यु

साउन १५, कालीकोट । बाढीपहिरोका कारण कालीकोटमा १० जनाको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका–७ बागामा मंगलबार राति पहिरो जाँदा एकै परिवारका सात जनाको ज्यान गएको छ ।

स्थानीय गंगे बुढासहित उनकी पत्नी ६२ वर्षीया मैना बुढा, बुहारी २४ वर्षीया उषा बुढा, १८ वर्षीया विमला बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरू सात वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार पहिरोमा परी गम्भीर घाइते भएकी विमलाको उपचारका क्रममा मृत्यु भएको हो ।

संम्बन्धित समचार

Leave a Reply