‘चन्द्रागिरी वडा नम्बर १२ मा आगामी दशैसम्म सबैको घरमा खानेपानी पुर्याउछौँ ‘ : वडा अध्यक्ष श्रेष्ठ

साउन १५,काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले यसबर्ष वडामा खानेपानी आयोजनाले मुर्त रुप लिने बताएका छन् । उनले नगरका सबै वडामा पानी पुगेपनि यस वडामा सबैको घरघरमा पानि पुर्याउन नसकिएको बताए । उनले भने–सबै वडामा खानेपानी पुगिसकेको छ, यसपाली हामी १२ नम्बर वडामा खानेपानी योजनालाई पुर्णता दिन्छौँ, श्रेष्ठले वडावासीले खानेपानीको लागि कष्ट व्यहोदै आएपनि अव पानीको समस्यालाई यसैबर्ष समाधान गर्ने बताए ।

अध्यक्ष श्रेष्ठले भने–हामीले पानीको स्रोतको लागि सम्झौता गरिसकेका छौँ । टोलटोलमा पाइपलाइन पनि बिछ्याउने काम सुरु गरेका छौँ । गुर्जुधारामा ४ लाख लिटरको ट्याङकी पनि निर्माण गरेका छौँ । अब पानीको केही व्यवस्थापन गर्न बाँकी छ । त्यो कामलाई हामी सक्रिय ढंगले पुरा गर्न लागि परेका छौँ । उनले खानेपानी सहित अन्य विकासका योजनालाई वडाले अघि बढाइरहेको बताए । श्रेष्ठले यसपाली दशैसम्ममा सबैको घरघरमा पानी पुर्याउने लक्ष्य राखिएको बताए ।

उनले खानेपानीको मुहानको लागि मुहानवालासंग १० बर्षको सम्झौता गरिएको समेत जानकारी दिए । अध्यक्ष श्रेष्ठले १२ नम्बर वडामा ढल,सडकका कामहरु तिव्रताका साथ भइरहेको बताए । उनले आफु आएपछि सयौँबर्ष देखि लालपुर्जा नपाएका बलम्बुवासीको नाममा लालपुर्जा दिलाएको बताए ।

संम्बन्धित समचार

Leave a Reply